बुटवल २७ आश्विन । सुनौलीमा सस्तो पाइने ठानेर सिमा क्षेत्रमा जाने उपभोक्ताले अव भाटभटेनीमा त्यो भन्दा सस्तोमा सामान पाउने भएका छन् । भाटभटेनी सुपर स्टोरले दशैं–तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ ।बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो । २६ वटा आउट लेट भएको भाटभटेनीले विभिन्न सामग्रीको खरिदमा १० देखि ४० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।अहिलेको आर्थिक मन्दीमा उपभोक्तालाई चाडपर्वमा मनाउन भन्न्दे उद्देश्यले भाटभटेनीले न्युनतम नाफा राखेर सो छुटको अफर ल्याएको व्यवस्थापक बिनोद भट्टराईले बताए ।
भाटभटेनीले चाँडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजना अनुसार भैरहवा, नेपालगन्ज , धनगढी , बिराटनगर , इटहरी , बिरगंज , जनकपुरमा चिनी प्रतिकेजी ९५ पन्चानब्बे रुपैयाँ तोकिएको व्यवस्थापक भट्टराईले बताए । यस्तै बुटवल, काठमाडौ, पोखरामा चिनी प्रतिकेजी ११४ रुपैयाँ बिक्री गरिने व्यवस्थापक विनोद भट्टराईले बताए । साथै बिर्तामोडमा चिनी ९९ रुपैयाँ बिक्रि गरिने बताए ।
प्रतिक्रिया