घोराही २८ असोज ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्तत्व बढ्दै गएको बताउनु भएको छ । दाङको घोराहीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रले आइतबार घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकहरुलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताउनुभएको हो ।
घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै यसलाई देशका अन्य सहरी क्षेत्रहरुमा समेत विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्धआश्रममा लगेर छोडेका घट्नाहरु आउने गरेको भन्दै त्यस्ता घटनाहरुलाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पु¥याउने बताउनुभयो । पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्ताहरुमा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यानदिनुपर्ने बताउनुभएको हो ।
२८ आश्विन २०८०, आइतबार








प्रतिक्रिया