खोज–अनुसन्धान

कोशी प्रकरणपछि महामन्त्री शर्माले मुख खोले केन्द्रको सत्ता गठबन्धन दलको की गुटको ?



काठमाडौं २९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् ।उनले आइतबार साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् ।अर्को गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे पनि अहिले सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालामा एकैखाले प्रवृत्ति देखिएको उनले बताएका छन् ।
शर्माले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो न त ‘फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ‘साझा मत’ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।’उनले दुवै नेतालाई बदलिनसमेत आग्रह गरेका छन् ।
यस्तो छ शर्माको वक्तव्य :
‘कोशी घटना’लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं ।‘गणितीय जटिलता’ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो– ‘कोशीमा एमालेसहितको समाधान खोजौं । तर, मौजुदा गठबन्धन कायमै राखेर’ ।कांग्रेस, माओवादी र ‘एस’को गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं । तर, पार्टीको संस्थागत निर्णय मान्यौं ।यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सधैं यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ । तर, घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ।

‘पुस १०’ पनि नबिर्षौं ।माओवादीको यक्ष प्रश्न( कोशीमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, कांग्रेसलाई दुई पटक ‘ब्ल्याङ चेक’ दियौं । तेस्रो पटकमा हामीले किन नपाउने ? कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनुपर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?कोशी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो नराम्रो सबै ब्यहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ ।सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो । गणित नै त्यस्तो छ( एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ।

अनि जरुरी छ गम्भीर आत्मसमीक्षा

व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ‘फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ‘साझा मत’ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न ।जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६