खोज–अनुसन्धान

१२ औ पटकको रक्तदान अभियानमा जुट्यो सूर्य बहुउद्देश्यीय सहकारी




सीता बेल्बासे
कपिलवस्तु २९ असोज ।सुर्य बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम शनिवार गरिएको छ । जीवनदान भन्ने नारालाई आत्मासाथ गर्दै उक्त सहकारी संस्थाकाद्धारा १२ आँ पटक रक्तदान सिविर बुद्धभुमी वडा नं ४मा सम्पन्न् गरेको सहकारी संस्थाका अध्यक्ष मुरलिधर घिमिरेले जानकारी दिनु भयो । कार्यक्रममा सहभागिता जनाउदै बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले कुनै व्यक्तिले गर्दा अर्काे कुनै व्यक्तिको ज्यान बचाउन सकिने भएकाले रक्तदान नै जिवन दान भएको बताउनु भयो ।
रगतको अभावले कसैको पनि ज्यान जान नपारोस भन्ने कुराको आत्मासाथ गर्दै रगत संकलन गरेकोमा आभारी रहेको बताउनु भयो । साथै उहाँले आगमी दिनमा पनि यस्ता कार्यमा लाग्न सहकारीलाई अनुरोध गर्नु भयो ।वडा नम्बर ४का वडाअध्यक्ष शुशिल कुमार चौधरी,समाजसेवी रुपेश कमार श्रेष्ठ ,खोम बहादुर थापा,र चुरामणी पोख्रेल लगायतले बोल्दै अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको हुन्छ केहि भए पनि मद्दत पुग्ने बताउनु भयो ।रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको सहकारी संस्था लेखनाथ खनालले जानकारी दिनु भयो ।उपाध्यक्ष विष्णु कुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष मुरलीधर घिमिरेको रहेको भियो । साथै उक्त शिविरमा निशुल्क सुगर परिक्षण समेत गरेको खनालले जानकारी दिनु भयो ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६