अर्थ-वाणिज्य

भोलिदेखि लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण शुरु : पौडेल




कपिलवस्तु ३० असोज । सरकारले समयमै निकासा नदिएर कतिपय पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेका वेला बाणगंगा नगरपालिकाले भने सबैवडाका लाभग्राही वडाबासी जेष्ठ ,उपाङगता र अन्य लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वाड्न रकम हरेक वडाकालागि निकास गरेको छ । असोज २९ सम्वन्धित वित्तिष्य सस्थाका खातामा पठाइएको जानकारी दिदै सबैवडामा कार्तिक १ गतेवाट सामाजिक सुरक्षा भत्ता वितरण हुने नगर प्रबक्ता एवम वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिनु भयो ।

उहाले हरेका वडाकालागि छुटाछुटै वित्तिय सस्थाले रकम वितरण गर्ने भएकार्तिक १ देखि भत्ता बुझेर राम्रोसंग दशै मनाउन पौडेलले नगरवासी बुवा,आमा, दाजुभाई तथा दिदीहरुलाई अनुरोध गर्नु भएको छ । वडामा सुचना प्रबाहको लागि सहजिकरण गर्नु हुन टोल बिकासका अध्यक्ष वम आम संचार माध्यमलाई अनुरोध समेत गर्नु भएको छ। साथै कसैले भुक्तानी नलिएमा दशैं बिदा पछि पनि बितरण गर्ने काम निरन्तर रहने समेत जानकारी गराउँनु भएको छ ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६