अर्थ-वाणिज्य

जसपाले एमाले सहितका सबै कम्युनिष्टसंग साझा मोर्चा वनाउन सक्छ तर कम्युनिष्ट हुदैन : उपेन्द्र




बुटवल १ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा कम्युनिष्ट हुन नसक्ने प्रष्ट पारेका छन् । समाजवादी मोर्चामा सम्मिलित भएपछि यादवलाई पनि पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालसहित नेताहरुले कमरेड भन्दै सम्बोधन गर्दै आइरहेपछि उनले आफ्नो पार्टी कम्युनष्टि हुन नसक्ने बताएका हुन् ।‘जनता समाजवादी पार्टी, नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टी होइन र हुन पनि सक्दैन ।

यसमा कसैलाई भ्रम नरहोस् । समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुबीचको मोर्चा समाजवादी मोर्चा हो’, यस्तो मोर्चा एमालेसंग पनि हुन सक्छ उनले भनेका छन् ।वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि नसक्ने बताए । समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुने उनको भनाइ छ ।उनले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक–आर्थिक शोषण–उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिकऔअर्थिक न्याय र समाज वादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिन्नँ । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा द्वविधा नहोस् ।’

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६