प्रदेश

पाल्पामा ट्रस निर्माणको क्रममा खसेर कपिलवस्तुका एक मजदुरको मृत्यु




पाल्पा, ०१ कार्तिक ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे २ बजे रैनादेवी छहरा –२ सर्देवास्थित सिजी कम्पनीमा ट्रस बनाउनेक्रममा खान २२ मिटर माथिबाट तल खसेका थिए । उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्लाको तानसेन नगरपालिका –१ मा मंगलबार एक पुरुष मृत फेला परेका छन् । तानसेन –१ उकालोपीपल बस्ने वर्ष ४० को खुमबहादुर सार्कीले आफ्नै घरमा मृत फेला परेका हुन् ।

आज बिहान अबेरसम्म पनि घरको ढोका नखोलेपछि छिमेकी वीरबहादुर नेपालीले घरमा गई झ्यालबाट हेर्दा घरभित्र सुतिरहेको अवस्थामा देखिएका थिए । बोलाउँदा समेत नउठेपछिसँगै अस्थायी प्रहरी पोष्ट भुसलडाँडा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले जनप्रतिनिधिको रोहबरमा ढोका खोली हेर्दा उनी बिस्तरामा मृत अवस्था फेला परेका थिए ।

प्रारम्भिक अनुसन्धान कार्य पश्चात् उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६