प्रदेश

तुलसीपुरबाट एक लाख लुटेर भागेका दुई युवा पक्राउ परे



तुलसीपुर, ०१ कात्तिक । दाङको तुलसीपुरबाट बधुबार दिउँसो एक लाख लुटेर भागेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ५ संझना टोलका २१ बर्षीय आयूस बिक र सोही ठाउँका १८ बर्षीय सुनिल मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले फरककोणलाई बताए ।

तुलसीपुर – ८ का दिनेश वलीले बैंकबाट एक लाख रुपैंया निकाले लगतै पिछा गरि उनीहरुले लुटपाट गरेका थिए । साथी संग गएका वलीको सुरुमा मोवाइल लुटेर नगद एक लाखपनि लुटेर उनीहरु भागेका थिए ।

लुटपाट भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेराहाली लुटेराको खोजी थालेको थियो ।

प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर – १० राइखल्यान क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६