प्रदेश

अपराध नियन्त्रण र अमन चयनमा प्रहरीको महात्वपूर्ण भुमिकाः प्रजिअ आचार्य



तौलिहवा, ०१ कात्तिक । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले अपराध नियन्त्रणमा प्रहरी महात्वपूर्ण भुमिका रहेको बताउनुभयो । ६८ औ प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको श्रद्धान्जली तथा पुनर्मिलन समारोहमा उहाँले सो कुरा बताउनु भएको हो ।

सिमा क्षेत्रमा हुने अपराध, राजमार्ग क्षेत्रमा हुने अपराध, गाँउ समाज र समुदायमा हुने अपराधहरुको भित्रि रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलप अतिनै उत्तम रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

कुनै पनि नागरिक विनावर्दीको प्रहरी हो, शान्ति शुरक्षा कायम गर्ने, अमन चयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो यद्यपि त्यसमा आम नागरिको त्यतिकै भुमिका रहेको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला स्तरिय निबन्ध प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुई पुरस्कार एवम् प्रमाणपत्र वितरण, अमर प्रहरी परिवार लगायत ज्येष्ठ पूर्व प्रहरीलाई सम्मानित गरिएको थियो । दिवसकै अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरी कर्मचारी र खेलकुद का विभिन्न विधाहरुमा विजयी हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा कपिलबस्तु जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६