अर्थ-वाणिज्य

प्रदेश सरकारले दुई लाख जनालाई स्वरोजगार बनाउन काम गरिरहेको छः अर्थमन्त्री मास्की



दाङ, ०१ कार्तिक । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङ उपत्यकाको समग्र विकासका लागि ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि सर्भे सुरु गर्न थालिएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाकाले आयोजना गरेको बडा दसैँ, शुभ दीपावली एवम् छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री मास्केले लुम्बिनी प्रदेश सरकारले ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि विस्तृत विवरण प्रतिवेदनका लागि सर्भे सुरुवात् गर्न थालेको बताउनुभयो ।

उहाँले बृहत् जलाशय निर्माण भएपछि यस क्षेत्रमा बाह्रै महिना सिँचाई, जल विद्युत उत्पादन, खानेपानी र पर्यटनका क्षेत्रमा महत्त्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले जलाशय निर्माणसँगै उपत्यका मरुभूमीकरणबाट समेत बच्ने बताउनुभयो । मन्त्री मास्कीले तुलसीपुर क्षेत्रको विकासका लागि राप्तीकै पुरानो टरिगाउँ धावनमार्गको विस्तार, ऐतिहासिक थारु राजा दंगीशरणको राज्य सुकौराको विकासका लागि संघ, प्रदेश स्थानीय तीन वटै तहका सरकारबाट काम अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मास्केले लुम्बिनी प्रदेश सरकार दुई लाख जनालाई स्वरोजगार तुल्याउनका स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम अघि बढाउन थालिएको बताउनुभयो । अर्थमन्त्री मास्केले स्थानीय उत्पादन प्रोत्साहनका लागि स्थानीयस्तरमै मौवाको मदिरा उत्पादन, बिक्री वितरणको नीति निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । मन्त्री मास्कीले तुलसीपुर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको व्यापारीक केन्द्रकारुपमा विकास भइरहेकाले यस क्षेत्रको विकासमा लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६