ब्रेकिंग न्युज

सामुदायिक बनसंग मिलेर छाडा चौपाया ब्यवस्थापनको नीति




सीता बेल्बासे
कपिलवस्तु १ कार्तिक । सामुदायिक वन तथा साझेदारि वनले स्थानिय तह संग सहकार्य गर्नु पर्ने नगर प्रमुख चक्रपाण्ी अर्यालले बताउनु भयो । कार्यक्रममा बोल्ने प्रायः सहभागीहरुले छाडापशु चौपाया नियन्त्रण गर्ने मात्र नभएर नगरले गर्ने सबै काम दीर्घकालीन खालका हुनुपर्नेमा जोड दिएका थिए । देखावटी काम गरेर बजेट खर्च गर्नुले बाणगङ्गा पछि परेको बोल्ने बक्ताहरुले दाबी गरेका छन ।छाडाचौपाया नियन्त्रण गर्न नगर भित्र रहेका सम्पुर्ण सामुदायिक वनहरु तयार रहेको तर काम प्रभावकारी र दीर्घकालीन हुनुपर्ने बताएका थिए ।

सहभागीहरुले जिल्लामा छिमेकी मुलुक भारत र छिमेकी जिल्लाहरु बाट आउने चौपायालाइ नियन्त्रण गर्न आवस्यक रहेको बताएका थिए । त्यस्तै गाइको दुध र मलमुत्र लाई सहिसदुपयोग गरेर राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकाले पनि चौपायाको व्यवस्थापन गर्न जरुरी रहेको सहभागीहरुले बताएका थिए ।नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, सामुदायिक वन तथा साझेदारि वनका अध्यक्ष तथा प्रतिनिधि, वनका कर्माचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वन प्राविधिक नबिन पाण्डेले गर्नुभएको थियो ।
फोटो ः

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६