अर्थ-वाणिज्य

बाणगंगामा जनकपुरका थ्रेसरले बेतिथी गरेको आरोप




कपिलवस्तु १ कार्तिक ।कपिलवस्तुको बाणगंगामा धान थ्रेसिङ्का लागि बाहिरी जिल्लाबाट भित्रिएका ट्याक्टरसहितका मेसिनका कारण स्थानीय ट्याक्टर व्यवसायिहरु काम नपाउदा चिन्तामा परेका छन् । उनीहरुले नेपाल किसान ट्याक्टर समितिको कार्यालयमै ताला लगाउने चेतावनी समेत दिएका छन् ।बाणगंगामा रहेका विभिन्न वडामा यतिबेला बिरगञ्ज लगाएतका जिल्लाबाट स्थानीय व्यवसायिहरुले ठेक्कामा ल्याएका थ्रेसर मेसिनका कारण यहाँका स्थानीय ट्याक्टर धनीले त्यसको बिरोध जनाएका हुन । नेपाल किसान ट्याक्टर समितिका सचिव सन्तोस मरासिनीका अनुसार बाणगंगामा अन्य वडामा यस्तो समस्या नभए पनि वडा नम्बर ९ मा बढी देखिएको बताउनुभयो ।

वडा नम्बर ९ मा स्थानीयले नै संचालन गरेका १४ वटा थ्रेसर मेसिन उपलब्ध रहेता पनि बाहिरी जिल्लाबाट भित्राइएका मेसिनहरुको प्रयोगका कारण यहाँका व्यवसायी बेरोजगार बन्ने अवस्था आएको उहाँको भनाई छ ।ट्याक्टर धनीहरु समितिको कार्यालय बाणगंगा पुलचोकमा ताला लगाउने चेतावनीसहित पुगेपछि नेपाल किसान ट्याक्टर समितिले समेत वडा नम्बर ९ मै पुगेर वास्तविकता बुझि समस्या मिलाउने प्रयास भएको सचिव मरासिनीले जानकारी दिनुभयो ।अहिले किसानको खेतमा उत्पादन भएको धान भित्राउने समय भएका कराण यहाँका केही व्यवसायीहरुले ठेक्का मार्फत विभिन्न जिल्लाबाट थ्रेसिङ मेसिन यहाँ भित्राएका छन् । नेपाल किसान ट्याक्टर समितिले निर्धारण गरेको न्युनतम दर रेट समेत बिग्रिएको कतिपय ट्याक्टर धनीको दाबी छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६