कोहलपुर ।सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालय बाट सेवा शुभारम्भ गरिएको छ ।बुधबार एक कार्यक्रमका बिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ ।यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो ।
२०७८ चैत १७ गतेको मन्त्री परिषद् बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरू भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् ।
प्रतिक्रिया