पार्वती पाण्डे
कपिलवस्तु १ कात्तिक । जनसेवा वहुमुखी सहकारी कपिलवस्तुले विहिवार एक समारोहा विच शुभकामना आदान प्रदान गरेको छ । संस्थाले नेपालीहरुको महानपर्वहरु वडा दशै , शुभदिपावली , छठ , ईद लगायतका पर्वहरुको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा वोल्दै संस्थाका निर्वतमान अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले सहकारीहरुले आर्थिक वृद्धिमा टेवा पुर्याएको बताउनु भयो । कतिपय सहकारीहरुले सहकारीको मर्मअनुरुप नगए पनि केहि सहकारीहरुले समाजमा राम्रो काम गरेको बताउनु भयो ।
जनसेवा सहकारीले उत्पादन सँग जोडिएर आर्थिक वृद्धि गरेकोमा खुशी व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार एवं नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले सहकारीले उत्पादनलाई जोडेर सस्तो सहकारी वजार खोल्नु पर्ने धाराणा राख्नु भयो । संस्थाका सल्लाहकार नन्दकिशोर शुक्लाले चाडपर्वले सबैमा सद्वुद्धि देओस भन्दै शुभकामना दिनु भएको थियो । शुक्लाले देश समृद्धि बन्न राजनेताहरुको आवश्यकता खड्किएको बताउनु भयो । संस्थाका अध्यक्ष द्रोण सुवेदीले सहकारीले उत्पादनमा जोड दिएको जनाउदै शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभान्स प्रदान गरिएको बताउनु भयो ।
संस्थाका सचिव टेकेन्द्र क्षेत्रीको सञ्चालन , उपाध्यक्ष सरितादेवी ढकालको स्वागतमा भएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख पछाई समेत शुभकामना राख्नु भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी , विभिन्न उपसमितिका संयोजक , पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
२ कार्तिक २०८०, बिहिबार








प्रतिक्रिया