प्रदेश

पाल्पामा हरायो दशैँमा चङ्गा उडाउने चलन



रामपुर, ०२ कार्तिक । दशैँका चहलपहल शुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाउने चलन अहिले हराउँदै गएको छ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दशैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन्।

‘चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो’, उनले भने, ‘अहिले त चङ्गा उडाउने गरेको देखिनै छाड्यो।’

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो। नयाँ पुस्तामाझ दशैँमा चङ्गा उडाउने चलनबारे जानकारी नै छैन। पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दशैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुशी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन्। ‘सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रूपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन’,उनले भने,‘पुराना संस्कृति लोप हुन पुगेका छन्।’

प्रकाशित : २ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६