दाङ ५ कार्तिक । राप्ती गाउँपालिकाको भालुवाङ र पाखापानीबाट २ जना सहयोगापेक्षी सडक मानवहरूको उद्वार गरिएको छ।भालुवाङ र पाखापानीबाट १र१ जना पुरूष मानवको उद्वार गरिएको निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले जानकारी दिएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको पहल तथा समन्वयमा उनीहरूलाई उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ।
कोही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्ने गरि मानव उद्वारको अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीले बताए ।उक्त उद्वार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरी सँगै हिको संस्थाका एम्बुलेन्स चालक सुवास चौधरीको सहभागीता रहेको थियो ।








प्रतिक्रिया