ब्रेकिंग न्युज

थारुको दशै एक दिन अगाडी : टीका लगाएर मनाए




दाङ ७ कार्तिक । दाङका थारु समूदायले यसवर्षको बडादसैं हर्षोउल्लासका साथ मनाएका छन् ।बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् ।थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै बेलुकीपख टिका र जमरा लाएर दसैं मनाउने गर्दछन् । यसै बीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित निजी निवासमा आफ्नी आमा र दाइबाट टिका ग्रहण गरे भने त्यहाँ जम्मा भएका थारुसमूदायका युवा युवतीहरुलाई पनि टिका लगाइदिएका छन् । देश सञ्चारबाट साभार

प्रकाशित : ७ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६