खोज–अनुसन्धान

ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार हो : पोखरेल



कपिलवस्तु ८ कार्तिक ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले अध्यक्ष ओली माथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन्।उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन्।
‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे, अहिले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ। वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो। नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो। भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं,’ उनले भनेका छन्।

प्रकाशित : ८ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६