अर्थ-वाणिज्य

प्रदेश राजाधानी आसपासमा ठूला होटल खुल्ने क्रम ह्वात्तै बढ्यो




दाङ ९ कार्तिक । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए । प्रदेश संसद चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् ।देउखुरीदेखि भालुवाङ नजिकैको सातमारा र भालुवाङ ६ किलोमिटर दूरीमा छ । सांसद, कर्मचारी, प्रदेशमा योजना माग्न आउने जनप्रतिनिधि, दलका नेतालगायतले होटलमा बस्ने, भोजन गर्ने उनले बताए ।मन्त्रालयमा काम लिएर राजधानी आउजाउ गर्नेले व्यवसायको रौनक बढाइदिएका छन् । यहाँ बस्नलाई शीतल हावापानी, दाङको भालुवाङ र अर्घाखाँची सातमारा बिचमा राप्ती नदी दुवैतिरका अग्ला पहाडमा हरियाली सुन्दर दृश्य भएकाले यो स्थान बस्ने खानेको रोजाईमा पर्ने उनले बताए ।
भालुवाङ पहिलेदेखि नै यसक्षेत्रको व्यापारिक बजार हो । पहिलेदेखि चलहपहल हुने यस स्थानमा सांसद, दलका नेताकार्यकर्ता, सरोकारवाला, कर्मचारी ग्राहकको रुपमा थपिएकाले राजधानी आएपछि व्यवसाय बढेको व्यापारी बताउँछन् । राजधानी उपत्यका अन्तर्गत राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ सहित अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ र ९ वडाको क्षेत्रफल पर्छ ।राप्ती उपत्यकालाई आधुनिक सहरको रुपमा विकास गर्ने भन्दै ३६ महिनादेखि प्रदेश सरकारले जग्गा रोक्का गरी राखेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आधुनिक सहरका लागि अध्ययन सहितको कामको प्रक्रिया अघि बढाएको जनाएको छ ।
केही युवा व्यवसायी आधुनिक सहर निर्माणपछि ठूला होटल खोल्ने योजनामा छन् । आधुनिक सहर विकासमा सम्भावनाका ढोका खुल्को भन्दै यस क्षेत्रका व्यवसायी र स्थानीय उत्साहित छन् ।उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, होटल व्यवसाय जस्ता क्षेत्रमा विभिन्न विकासका सम्भावना देखिएको राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरज खड्काले बताए । कारोबार वृद्धि भएको छ ।’ ठूला होटल सञ्चालनले यस क्षेत्रमा दूध, तरकारी, मासुका लागि लोकल र बोइलर कुखुरा सहित खसीबोकाको माग बढेकाले उत्पादनमा वृद्धि हुँदै गएको उनले बताए । यसले किसानलाई समेत प्रभाव पारेको छ ।
पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्नेको खाना, खाजा खानेको रोजाइमा भालुवाङ र सातमारा पर्छ ।

त्यसैले होटल व्यवसायमा ग्राहक थपिएका छन् । राजधानी आउनुअघि भालुवाङ क्षेत्रमा ठूला क्षमताका होटल थिएनन् । अहिले होटलहरु थपिने र क्षमता वृद्धि हुने क्रम बढ्दो रहेको उनले बताए । राजधानी घोषणा हुनु अगाडी नै सातमारामा होटल एभर ल्याण्ड सञ्चालनमा थियो ।राजधानी घोषणा हुन अघि नै भालुवाङमा सञ्चालनमा रहेको होटल पौवाले क्षमता र सेवा विस्तार गरेको छ । मन्त्रालय र विभिन्न संघसंस्थाका कार्यक्रम, तालिम, गोष्ठी धेरै पौवामा हुन्छन् । यहाँ दैनिक चलहपहल बढ्दो छ । राजधानी देउखुरीदेखि करिब ३० किमी पश्चिम क्षेत्रको लमही र ७० किमी घोराहीमा पनि राजधानीलाई लक्षित गरी ठूला होटल खुलेका छन् ।बुटवलबाट राजधानी दाङमा सर्ने कुरा चल्दै गर्दा लहमीमा होटल मन्त्र खुल्यो । सञ्चालक ऋषि खनालले राजधानी आएपछि व्यवसाय वृद्धि भएको बताए ।

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६