अर्थ-वाणिज्य

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लुम्विनीमा के के गर्दैछन् ?




कपिलवस्तु १० कार्तिक ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस आइतबार नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले गुटेरसको चार दिने नेपाल भ्रमणबारे जानकारी दिएको हो।कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म गुटेरसको नेपाल भ्रमण कार्यातालिका सार्वजनिक गरिएको छ। सन् २०१७ मा राष्ट्रसंघको महासचिव बनेका गुटेरसपहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले कात्तिक १४ गते मंगलबार संसदको संयुक्त सदनलाई सम्बोधन गर्नेछन्।गुटेरस नेपालको हिमाली जिल्लाको भ्रमणमा पनि जानेछन्।

त्यहाँ उनले जलवायु परिवर्तनको असरबारे बुझ्नेछन्। त्यहाँ उनले जलवायु परिवर्तनले पारेको प्रभावबारे स्थानीयसँग कुरा गर्नेछन्। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण पनि गर्नेछन्।लुम्विनीकालागि उनले बढी समय छुटटाएकाछन् । नेपाल बसाईका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेट वार्ता गर्नेछन्

प्रकाशित : ११ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६