दाङ ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न ।रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि भट्टराईलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायतले जानकारी दिनुभयो ।
निलम्बनसँगै प्रहरी प्रधान कार्यालयले भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ । डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।भट्टराई २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
प्रतिक्रिया