अर्थ-वाणिज्य

‘माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाए तर देश डुवाए : रवि




काठमाडौ ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माओवादी नेतामाथि खनिएका छन् । शनिबार ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछाने माओवादीमाथि खनिएका हुन् ।उनले माओवादी नेतालाई सुन तस्करीको आरोप लगाएका छन् । ‘माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाएको र देश बिगारेको’ उनको भनाइ थियो ।‘माओवादीले देशको भविष्य सुनौलो बनाउँछु भन्थे, तर उनीहरुले छोरालाई सुन बोकाएर आफ्नो भविष्य मात्रै सुनौलो बनाए’, उनले भने ।
उनले संक्रमणकालीन न्याय छिटै निरुपण हुनुपर्ने पनि बताए ।‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे’, उनले भने, ‘अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त रु न्याय निरुपणका नाममा युद्धपीडितलाई पीडा दिन पाइँदैन ।’उनले २०८४ को चुनावमा अरु पार्टीलाई एक सिट पनि जित्न नदिने दाबी गरे ।

प्रकाशित : ११ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६