ब्रेकिंग न्युज

सहकारी मार्फत सामुहिक उत्पादन र रोजगारी बढाउने साझा लक्ष्य कायम हुनुपर्छ :सांसद घिमिरे



भगवती न्यौपाने
कपिलवस्तु १२ कातिक । सहकारी मार्फत सामुहिक उत्पादन र रोजगारी बढाउने साझा लक्ष्य कायम हुनुपर्छ राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । वाणंगगा नगरपालिका ४ गजेहडा कपिलवस्तुको श्री सामुदायिक अपांगता वचत तथा ऋण सहकारी संस्था लिमिटेड को २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनु भएको हो ।साथै उहाँले दिगो विकासका लक्ष्य पूरा गर्न सहकारीको आवश्यक रहेको बताउदै सहकारी नै सहकार्य रहेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य घिमिरेले देशमा आर्थिक संङ्कट परेका हुर्दा यसको असर सहकारीमा पनि परेको जानकारी गराउनु भयो ।यता राष्ट्रिय सभा सदस्य घिमिरेले नेपाल सरकारले सहकारीका माध्यमबाट नै सहकार्य गर्नु पर्ने स्पष्ट पार्दै सहकारीले रोजगारिमा जोड दिनु पर्ने बताउनु भयो ।

वाणगंगा नगरपालिका मेयर चक्र पाणि अर्यालले स्थानीय समुदायको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास गर्ने मेरुदण्डको रुपमा सहकारी रहेको बताउनु भयो । साथै उहाँले पुजीको संरक्षण गर्न नगर भित्रका सम्पुर्ण सहकारीहरुको अनुगमन गर्दै आएको बताउनुभयो । राष्ट्रिय अपांग महासंघ तथा संस्थाका निर्वमान अध्यक्ष मित्रलाल शर्माले सामुदायिक अपांग बचत तथा रिण सहकारी संस्था अरु संस्था भन्दा फरक रहेको बताउदै संस्थामा सम्पूर्ण वर्ग समुदायको सहभागिे रहेको बताउनु भयो । साथै उहाँले पछिल्लो समय संस्थाबाट लिएको पैसा कतिपयले नतिरेको बताउनु भयो । संस्थामा महिलाको सङख्या धेरै बताउदै संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको समेत बताउनुभयो ।कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखवाहादुर पक्षाईले सहकारीको उदेश्य ऐन नियमको बारेमा सबैलाई जानकारी हुनु पर्ने बताउनु भयो ।

सबै सदस्यहरुले अनिवार्य रुपमा मासिक बचत तिर्नु पर्ने बताउदै सहकारीको प्रगति गराउन कर्तव्य प्रति पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो ।संस्थाका अध्यक्ष हेमनाथ ज्ञवालीले चालू आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेटको बारेमा प्रस्तुत गर्नु भएको थियो भने संस्थाका सचिव श्यामलाल खनालले आर्थिक वर्ष २०७९र८०को प्रगति प्रतिवेदन, संस्थाका कोषाध्यक्ष द्धारिका प्रसाद चौधरीले आर्थिक प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन लेखा संयोजक मोहन पन्थिले प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यक्रममा अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुङ्गाना, राजा पानी सामुदायिक वनका उपभोक्त समितिका अध्यक्ष सीता पौडेल,राजापानि सामुदायिक वन तथा सामुदायिक वचत संस्थाका निर्वतमान व्यवस्थापक ढाकाराम अधिकारी, संस्थाका सेयर सदस्य पत्रकार लगायतको सहभागी रहको थियो ।

संस्थाका अध्यक्ष हेमनाथ ज्ञवालीको अध्यक्षता,उपाध्यक्ष सरस्वती गौतमको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामलाल खनालले गर्नु भएको थियो ।कार्यक्रम सामुदायिक राजापानी वनमा भएको थियो । संस्थाले विभिन्न विदामा पुरस्कार तथा समान गरेको छ ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६