अर्थ-वाणिज्य

सांसद अधिकारीले भने बाणगंगाको द्रूततर प्रगतीवाट अरुले सिक्न सक्नु पर्छ




सीता बेल्बासे
कपिलवस्तु १२ कार्तिक । कपिलवस्तुले शुद्ध खानेपानी वितरणमा लुम्विनी प्रदेश मै द्रुततर प्रगती गरेको कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र १ का सांसद बलराम अधिकारीले बताउनु भएको छ । वाणगंगा खानेपानि तथा सरसफाइ संस्थाले आयोजना गरेको चार्डपर्व शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा वाणगंगा २ नन्दनगरमा बताउनु भएको हो ।उहाले बाणगंगा त प्रदेशकै नम्वर एक पालिका बनेको प्रष्टाउदै शुद्ध खानेपानी वितरणमा बाणगंगाका खानेपानी उपभोक्ता सस्थाले गरेको प्रगती सबैकालागि अध्ययनको क्षेत्र बनेको सांसद अधिकारीले स्पष्ट पार्नु भयो ।

जनतामा शुद्ध खानेपानि वितरण गरी नगरमै राम्रो बन्ने कुरामा ध्यान दिनु पर्ने बताउनु भयो । साथै पछिल्लो समय पानिका मुहान सुक्दै जानु अहिलेको जटिल अबस्था भएको बताउदै यसको संरक्षण गर्नु पर्ने बताउनु भयो ।साथै चार्डपर्वले सबैमा एकता सद्रभाव कायम गरोस् भन्ने सबैमा शुभकामना दिनु भयो ।लुम्विनि प्रदेश सभा सदस्य विष्नु पन्थिले अहिले देशमा बिभिन्न समस्या एक पछि अर्काे आउनु पुजिगत रुपमा विकासमा बजेट खर्च नभएको बताउनु भयो ।प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले सबैले मिलेर मात्रै विकास निर्माण गर्ने सकिने बताउनु भयो ।नगर प्रमुख चक्रपाणि अर्याल नगरमा अहिले खानेपानि सस्थाको क्रियाशिल रहेर काम गरेको बताउनु भयो । नगरमा ६० प्रतिशत उपभोक्तामा खाने पानि वितर भएको बताउनु भयो अबको करवि पाचँ वर्ष भित्रमा ७६ प्रतिशत शुद्ध खानेपानि जनतामा पुराउने लक्ष्य नगरको रहेको उहाँले औल्लाउनु भयो ।वडा नम्बर २का वडाअध्यक्ष तथा नगर प्रवक्ता विणु प्रसाद पौडेलले वडा सबै उपभोक्तामा शुद्ध खानेपानि पुरराउने योजना भएको बताउदै काम गरेको बताउनु भयो ।

राष्टिय प्रजातन्त्र पाटिका नेता हरि घिमिरे,मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्की,खानेपानी महसंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहा, कैलाशधाम आक्षमका पे्रम नारायण घिमिरे,संस्थाका सल्हाकार,कविराज ज्ञवलि, मधौलि खानेपानिका अध्यक्ष खडानन्द गौतम,समाजसेवि जगतराज रेग्मी,र मनकामना संस्कुत गुरुकुलका कृष्न पोख्रेल लगायतले बोल्दै सरसफाइ र पानि विना मानिस बाच्न नसक्ने हुदा यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो । साथै नगरमा पानि बितरणका समस्या तिर ध्यान दिनु पर्ने जोड दिनु थियो।साथै संस्थाका उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत बाट सुरु भएको कार्यक्रमको अध्यक्ष विश्व कार्कीले संस्थाको बस्तु स्थिति बताउदै भावि योजना बताउनु भयो । कार्यक्रममा खानेपानि उपभोक्ता समीतिका पदअधिकारी,बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको संन्चालन सचिव हिरालाल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६