अन्तर्राष्ट्रिय

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते



काठमाण्डौ, १२ कात्तिक । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी रकेट मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति सैनिक घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । घाइते सैनिकको नाम खुलाइएको छैन ।

सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो । घाइते सैनिकको अहिले नाकुरामा रहेको शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको छ । त्यहाँका रहेका अन्य नेपाली शान्ति सैनिक सकुशल रहेका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६