ब्रेकिंग न्युज

शान्ति प्रकृया टुंगोमा नपुग्नुमा प्रचण्ड नै वाधक हुन् : ओली




काठमाडौं १३ कार्तिक । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।आइतबार संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा उनले पीडितको अधिकार, अन्तराष्ट्रिय मूल्यमान्यताअनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका हुन् ।एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रियालगायत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले बताए ।
नेपालले जलवायु परिवर्तनको पीडालाई नजिकबाट हेरेर आवश्यक मुद्दा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसको भनाई उद्धृत गर्दै ज्ञवालीले जानकारी दिए ।छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको बताए । प्रधानमन्त्री प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिन देखिएको ओलीले बताएको ज्ञवालीको भनाइ छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६