कपिलवस्तु, कात्तिक १३
“समृद्ध समाज निमार्णका लागि सामाजिक उत्तरदायित्व सहितको शुशासन” मूल लक्ष्यका साथ अगाडी बढेको कमन नेपाल प्रा.लि.को १७ औं वार्षिक साधारण सभा जिल्लाको राजापानीमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु पंथीले नेपाली अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीको प्रभाव स्थानिय संघ संस्थाहरुमा समेत देखा परेको बताउदै मन्दीको प्रभाव न्यूनीकरणका निम्ति स्थानिय संस्थाहरुको सवलीकरणमा जोड दिन सबै पक्षलाई आग्रह गर्नु भयो । प्रदेश सभा सदस्य पंथीले स्थानिय संघ संस्था मार्फत समुदायको शसक्तिकरण, स्वरोजगारी श्रृजना गर्ने काम ज्यादै महत्वपूर्ण रहने तर्क गर्दै बलिया संघ संस्था मार्फत समाज रुपान्तरण सहज हुने दावि गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी संविधान सभा सदस्य विश्राम प्रसाद चौधरीले संचार क्षेत्रको माध्यमबाट सामाजिक रुपान्तरणको अभियानसग पु¥याएको योगदानको प्रंशसा गर्दै श्रृजनात्मक कार्य शैली मार्फत सामाजिक रुपान्तरणको अभियानमा थप टेव पु¥याउन आग्रह गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश योजना आयोगका सदस्य सरोज खनालले संस्थालाई जीवन्त राख्नका निम्ति संस्थागत ब्यवसायीकीकरण वर्तमान समयको आवश्यकता बन्न पुगेको तर्क गर्नु भयो । आयोगका सदस्य खनालले वर्तमान संकटको निकास साझा प्रयत्नबाट संभव रहेको धारणा राख्नु भयो ।
संचार, शुसासन, उद्यमशिलता, संघियताको संस्थागत विकास, ऐतिहासिक, पर्यटकिय तथा पुरातात्विक क्षेत्रको प्रवर्धन, मानव अधिकार, समावेशीकरण जस्ता सवालहरूलाई मुख्य प्राथमिकता दिदै संस्थाले आफ्ना क्रियाकपालहरु संचालन गर्दै आएको संस्थाका अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । अध्यक्ष शर्माले १७ औं वार्षिक साधारण सभाले लुम्बिनी प्रदेशको संचार क्षेत्रमा कमन नेपाल प्रा.लि. ले पु¥याएको योगदान, उपलब्धी र वर्तमान संचार क्षेत्रमा देखा परेको चुनौतीपूर्ण परिस्थतीको विश्लेषण गर्दै आगामी स्पष्ट योजना निर्माण गर्दै संस्थाले अझ प्रभावकारी भूमिका स्थापित गर्ने बताउनु भयो ।
१७ साधारण सभाले संस्थाका अध्यक्ष डम्मर प्रसाद शर्माद्धारा प्रस्तुत आ.व. २०७९।०८० को नीति तथा कार्यक्रम, संस्थाका संचालक गुणानिधी भुसालद्धारा सभामा प्रस्तुत आ.व. २०७८।०७९ को लेखा परीक्षकको प्रतिवेदन, प्रबन्ध निर्देशक लक्ष्मण बेल्बासेद्धारा प्रस्तुत कार्य प्रगती प्रतिवेदन पारित गरेको थियो । कार्यक्रम अध्यक्ष डम्मर शर्माको अध्यक्षता संचालक भेषराज पाण्डेको स्वागत मन्तब्य, संचालक पोमनारायण पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन संस्थाका प्रबन्ध निर्देशक लक्ष्मण बेल्बासेले गर्नु भएको थियो ।
लुम्बिनी प्रदेशकै प्रदेश स्तरको क वर्गमा सूचिकृत १७ वर्ष देखि निरन्तर प्रकाशित बुद्ध आवाज साप्ताहिक पत्रिका र ५ वर्ष देखि निरन्तर संचालित प्रेस पाटी डट.कम. अनलाईन पत्रिकाको प्रकाशक संस्थाको रुपमा कमन नेपाल प्रा.लि. रहदै आएको छ ।
प्रतिक्रिया