बुटवल १३ कार्तिक । रुपन्देहीका विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । चोरी गर्दै पैसा भेला पारेर उनीहरु क्यासिनोमा जाने गरेको खुलेको छ ।बैंक तथा सहकारीमा चोर्दै क्यासिनो जाने ३ भारतीय पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु सहनी छन् ।
प्रहरीका अनुसार उनीहरुले असोज १७ को राति तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कामना बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ५७ हजार ६ सय रुपैयाँ र सीसी क्यामेराको ब्याकअप चोरी गरेका थिए । यस्तै सांग्रीला डेभलपमेन्ट बैंकको शाखाबाट प्रबन्धकले प्रयोग गर्ने ल्यापटप‚ सीसी क्यामराको ब्याकअप र खुकुरी चोरी गरेका थिए ।








प्रतिक्रिया