अर्थ-वाणिज्य

ओलीले भने दुर्गा प्रसाइलाई ३० अर्वमा एक हजार थपेर दिन तयार छु




काठमाडौं १४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई आफूले कम्बोडियामा ३० अर्ब लगानी गरेको पुष्टि गर्न चुनौती दिएका छन् । उनले उक्त आरोप पुष्टि गरे एक हजार रुपैयाँ थपेर दिनेसमेत बताएका छन् ।सोमबार पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने पनि बताए ।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए।अध्यक्ष ओलीले आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको र अर्काका लागि भ्रष्टाचार नगर्ने बताए।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६