अन्तर्राष्ट्रिय

इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको ज्यान गयो



इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको ज्यान गएको जनाएको छ ।

सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ । इजरायल–हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहसमेत रहेका छन् ।

यही अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र नौ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६