अर्थ-वाणिज्य

भैरहवा विमानस्थल नियमित नभए धर्ना र बन्द गर्ने




सिद्धार्थनगर १४ कात्तिक । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने माग गरिएको छ । नियमित सञ्चालन नभएमा चरणबद्ध आन्दोलन गरिने सिद्धार्थ सञ्जाल रुपन्देहीले जनाएको छ । मङ्गलबार भैरहवामा पत्रकार सम्मेलनको गरी सञ्जालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने देखि लिएर विमानस्थलको आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सञ्जालले कात्तिक १४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका सङ्घसंस्था, ट्राभल्स, एयरलाइन्स लगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका गाउँपालिका लगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटेर ऐक्यबद्धताका लागि आग्रह गर्ने रहेका छन् ।त्यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने रहेका छन् ।त्यस्तै दुईदिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि सरकार मौन रहे मङ्सिर २० गतेपछि आन्तरिक उडान अनिश्चितकालसम्म रोक्ने चेतावनी दिइएको छ ।

यसका लागि विमानस्थल अगाडि गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।सरकारले विमानस्थल निमार्णमा अरबौँ लगानी गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीहरूले पनि सरकारले भन्दा बढी पर्यटन क्षेत्रमा लगानी गरेको बताउँदै आएका छन् । अहिले विमानस्थल नचल्दा व्यवसायीको अर्बौँ लगानी डुब्ने अवस्थामा आएको आन्दोलनका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६