दाङ १४ कात्तिक ।लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट आइतरबार र सोमबार गरी विद्युत महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख ई. हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँले नौ सय ६ जना सेवाग्राहीबाट ९१ लाख ५२ हजार १ सय ७१ रुपियाँ महशुल उठ्न बाँकी रहेको बताउनुभयो । दुई दिनमा नेपालगञ्ज वितरण केन्द्रबाट २९ लाख ४७ हजार ७ सय रुपियाँ बक्यौता रहेका २७५ जना, गुलरीया वितरण केन्द्रबाट ७ लाख १९ हजार ८ सय २४ रुपियाँ बक्यौता रहेको १०८ जना, घोराही केन्द्रबाट ४ लाख ९३ हजार २ सय १३ रुपियाँ बक्यौता रहेका ७८ जना छन् ।त्यस्तै, कोहलपुर केन्द्रबाट २५ लाख ४९ हजार ५ सय ५९ रुपियाँ बक्यौता रहेका १५५ जना र राजापुर केन्द्रबाट १ लाख २९ हजार ८ सय १९ रुपियाँ बक्यौता रहेका १८ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
१४ कार्तिक २०८०, मंगलबार
प्रतिक्रिया