अर्थ-वाणिज्य

युवा संघ लुम्बिनी प्रदेशमा पहिलो अधिवेशनको तयारी अन्तिममा




रुपन्देही १५ कार्तिक । नेकपा ९एमाले० निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले परासीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि पूर्व तयारी तीव्र रुपमा भइरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक पृत्तम पौडेलले जानकारी दिए । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ प्रतिनिधि सहभागी हुनेछन् । बुधबारसम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भइसक्ने संयोजक पौडेलले बताए । अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ ।
अधिवेशनबाट प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई सहसचिव र कोषाध्यक्षसहितको कमिटी चयन गर्ने संयोजक पौडेलले बताए । कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरीलगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको युवा संघका महासचिव पुरीले उद्घाटन गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने जनाए ।

उनले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्दै मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएकाले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गरे ।अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सह–संयोजक सुरज खरेलले बताए । उनका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरी ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरी साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउनेछन् ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६