देउखुरी १६ कात्तिक । दाङका दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९÷८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दश वटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ ।दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिँदै पाँच करोड राजस्व उठाउने लक्ष्य लिएकामा जम्मा १४ लाख २३ हजार अर्थात् २.८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
घोराही उपमहानगरपालिकाले दुई करोड राजस्व उठाउने लक्ष्य राखेकामा १२ लाख ८१ हजार मात्रै उठाएको छ । नदीको दिगो व्यवस्थापन र संरक्षण गर्दै खोलाको उच्चतम प्रयोग र नियमित आम्दानीका लागि भन्दै दाङका स्थानीय तहहरूले गत वर्षदेखि संम्बद्र्धन प्रणालीमा आधारित खोला व्यवस्थापन कार्य सुरु गरेका छन् । यससँगै खोला क्षेत्रका नदीजन्य पदार्थ त्यसलाई बिक्री वितरण गरेर आम्दानी गर्ने योजना बनाएका छन् ।
प्रतिक्रिया