खोज–अनुसन्धान

युवासंघको प्रदेश अधिवेशनका प्रतिनिधी छनौटः भटराई भन्छन् नयाँ र स्वतन्त्र अस्थायी शक्ति हुन्



सरिता थारु
कपिलबस्तु, १७ कार्तिक । नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको हुन लागेको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनका लागि कपिलबस्तु जिल्लाबाट २१ जना प्रतिनिधी छनौट गरिएको छ । विहीबार पार्टी कार्यालय तौलिहवामा बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको बैठकले प्रतिनिधी छनौट गरेको हो । कार्तिक १८ र १९ गते हुने प्रदेश अधिवेशनका कपिलबस्तु जिल्ला कमिटीका तर्फबाट ५ जना, नगरपालिकाका तर्फबाट १२ र गाउपालिकाको तर्फबाट ४ जना गरि जम्मा २१ जना प्रतिनिधी छानिएका हुन ।
राष्ट्रिय युवा सघं नेपाल कपिलबस्तुको दोस्रो बैठकलाई सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले एमालेको विकल्प अरु पार्टी हुनै नसक्ने बताउदै नया र स्वतन्त्र अर्को चुनाव सम्म धेरै पछि पर्ने दाबी गर्नुभयो। यस्तै जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै सर्वसम्मत रुपमा प्रतिनिधी छानेर प्रदेश अधिवेशनका लागि पठाएकाले त्यहाबाट समेत सर्वसम्मत रुपमा नै नेतृत्व छनौट हुने अपेक्षा राख्नु भयो ।जिल्ला कमिटी अध्यक्ष कमल क्षेत्रीको अध्यक्षता र हरि आचार्यको संचालनमा भएको बैठका एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, सचिवालय सदस्य भेषराज पाण्डे, पार्टीबाट युवासंघ इन्चार्य सर्वेन्द्र देव खनाल लगाएतले युवा संघ कपिलबस्तु एक मना एकताका साथ अघि बढेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६