देश

आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै



काठमाडौं, १७ कात्तिक । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ । तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परे पछि पुर्व निर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोली गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६