ब्रेकिंग न्युज

भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका ५ जना नेपालीको ज्यान गयो



काठमाण्डौ, १७ कात्तिक । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उहाँकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र बुहारी (भाइकी श्रीमती) सुस्मिता नेवारको ज्यान गएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो ।नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनीहरूको उतै अन्त्येष्टि गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष विकले बताउनुभयो ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६