ब्रेकिंग न्युज

कोशी सरकारवाट एमाले वाहिरिने :मन्त्री रानाले भोली राजीनामा दिने




विराटनगर १७ कार्तिक । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले भोलि रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयसमेत दिइएको छैन ।‘माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि हामी बसिरहनु उपयुक्त छैन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आवश्यक छलफल गरेर भोलि सरकारबाट बाहिरिन्छौं ।’

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६