पार्वती पाण्डे
कपिलवस्तु १८ कात्तिक
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्राईले एमालेका कारण नेपालीको आयू बढेको बताउनु भएको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु र निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्नुले उनीहरुको आयू बढेको नेता भट्राईको तर्क छ । शुक्रवार मदन आश्रित स्मृति भवन तौलिहवामा नेकपा एमाले जिल्ला संगठन समन्वय संयन्त्र कपिलवस्तुले राखेको जनसंगठनहरुको वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्राईले यस्तो बताउनु भएको हो ।
नेता भट्राई नेतृत्व एमालेको तागत भएको जनाउदै यसलाई सहि ढंगले चलाउनु पर्ने बताउनु भयो । देशमा कुन पाटीले राम्रो काम गर्यो भन्ने कुरा इतिहासको समिक्षा गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । देशमा सामाजिक रुपान्तरणका लागि आन्दोलनको अगुवाई गर्ने , गणतन्त्र ल्याउन नेतृत्व गर्ने , संविधान जारी गर्न अगुवाई गर्ने र संविधान कार्यान्वयन गर्ने पाटी राष्ट्रप्रेमी पाटी भनेकै एमाले हो , उहाँले भन्नु भयो ।
अबको राजनिति भनेको विकासलाई केन्द्रीत गरेर गर्नु पर्ने जनाउदै नेता भट्राईले जनताको जनजिवीका फेरियो या फेरिएन त्यो कुरा राजनिति गर्ने दलले हेक्का राख्नु पर्ने जनाउनु भयो । प्रशिक्षण कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले कम्युनिष्टको वैठक भनेको विश्वविद्यालय भएको जनाउनु भयो । 
नेकपा एमाले देशको लागि काम गर्ने ठुलो शक्ति देखि तर्सिएर अन्य दलहरु मिलेर गठबन्धन गरेको नेता न्यौपानेले बताउनु भयो । नेकपा एमालेको अवको तयारी मिसन २०८४ रहेको नेता न्यौपानेले प्रष्ट पार्दै जनतालाई पाटीको निति , सिद्धान्त वुझाउनु पर्ने जनाउनु भयो । कार्यक्रममा पाटी जिल्ला अध्यक्ष डम्मर शर्माले आगामी दिनमा जनसंगठनले गर्ने कार्ययोजनाबारे प्रस्तुत गर्नु भएको थियो । 
आगामी मंशिर मशान्त भित्र अवधी पुगेका जनसंगठनहरुको अधिवेशन गर्नु पर्ने , मंशिर १५ सम्म जनसंगठनहरुले प्रशिक्षण चलाउनु पर्ने अध्यक्ष शर्माले जानकारी दिनु भएको थियो । कार्यक्रममा २२ वटा जनसंगठनले आफुले गरेका कार्य प्रगतिबारे प्रस्तुत गरेका थिए । पाटी उपसचिव सुशिला दर्लामीको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्यहरु धर्म वहादुरलाल श्रीवास्तव , शारदा शर्मा , धर्मराज भुषाल , वाबुराम खनाल , धनुअधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।








प्रतिक्रिया