अर्थ-वाणिज्य

जनताको जिवनस्तर उकास्न साना किसान सहकारी नै भरपर्दो सारथी : सांसद पन्थी




कपिलवस्तु १८ कात्तिक ।साना किसानको समृद्धि कृषिको रुपान्तरण र उधमशिलताको बिकास भन्ने मूल नाराका साथ साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा ९ भलवाडको २४औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा लुम्बिनी प्रदेशका साँसद तथा कार्यक्रमका प्रमुख अतिथी बिष्णु पन्थीले जनताको जिवनस्तर उकास्न सहकारी र्सस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारको ३ खम्बे निति सरकारी,सहकारी र निजी मध्ये सहकारीको माध्यमबाट बिना झन्झट किसानले वित्तिय सहयोग प्राप्त गरेको भन्दै भावी दिनमा साना किसान कृषि सहकारीले आफूलाई बैङकीक प्रणालीमा स्थापित गर्न सफल हुने कुरामा पन्थीले जोड दिएका थिए ।
साना किसान बिकास बैक लघुवित्तीय संस्था बुटवलका प्रवन्धक गणेश भट्टराईले कृषि जन्य उधोगका लागि र वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा कृषकलाई ऋण प्रवाह गरेको वताएका थिए ।त्यस्तै वाणगंगा नगरका कृषि शाखाका प्रमुख लेष बहादुर के सीले भलवाड कृषि सहकारी नगरकै अब्बल एबम महत्वपूर्ण सहकारीको रुपमा परिचित भएको बताउदै किसानले कृषिलाई ब्यावशायिक र प्रविधीकरणसंग जोडिनु पर्ने बताएका थिए ।कार्यक्रममा संस्थापक अध्यक्ष हरिराज घिमिरे,वडाध्यक्ष कमल पौडेल, प्रदेश कृषि सहकारी संघका सञ्चालक चुरामणि पोख्रेल लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
साधारण सभमा र्सस्थामा उत्कृष्ट बिशेष वचतकर्ता, बाल वचतकर्ता,दैनिक वचतकर्ता,साप्ताहिक वचतकर्ता,जनहित वचतकर्ता,मुद्धति वचतकर्ता,समूह वचतकर्ता, असल ऋणि,असल कृषक, सक्रिय अन्तर समूह अगुवा,सामुदायिक विधालयबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विधार्थी लगायतलाई खादा ओढाई नगदबाट सम्मानित गरेको थियो । कार्यक्रममा र्सस्थाका अध्यक्ष दिपक वस्नेतले र्सस्थाको वार्षिक प्रगती प्रतिवेदन वाचन गरेका थिए भने प्रवन्धक मान कुमारी गिरीले आर्थिक वर्ष २०७९÷०८०को २३ करोड ८२ लाख ४५ हजार बराबरको कारोबार भएको पेश गरेकी थिइन् ।कार्यकम संस्थाका अध्यक्ष दिपक वस्नेतको अध्यक्षता उपाध्यक्ष वसन्ती थापाको स्वागत प्रवन्धक मान कुमारी गिरीको सहजीकरणमा भएको थियो ।यस सस्थामा कुल १ हजार ९ सय ५२ शेयर सदस्य आवद्ध रहेका छनु ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६