अर्थ-वाणिज्य

लुम्बिनीले भूकम्प प्रभावित क्षेत्रमा डेढ करोड सहयोग गर्ने : गृहमन्त्री पाण्डेको नेतृत्वमा टोली पठाउने




कपिलवस्तु १८ कार्तिक । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ ।शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ ।

लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।यसैगरी बाँकेका विभिन्न अस्पतालमा घाइतेका लागि उपचारको व्यवस्थापन गर्नुका साथै बुटवलको लुम्बिनीको प्रादेशिक अस्पतालबाट मेडिकल टीम घटनास्थल पठाइएको छ ।प्रदेशका विभिन्न स्थानीय सरकारले पनि राहत घोषणा गर्दै त्यसतर्फ लागेका छन् ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६