गण्डकी

गण्डकीको भौतिक मन्त्रालयको विद्युत काटियो



पोखरा, १९ कात्तिक । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मन्त्रालयले मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो । कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

‘कारागारले एक महिनाभित्र तिर्छौं भनेर कमिट्मेन्ट गर्नुभएको छ । सीडीओ साबले नै भन्नुभयो’, प्रमुख सिंहले भने, ‘जडान जरिवाना तिराएर कारागारमा साँझ पुनः लाइन जडान गरिसकेका छौं ।’

तर, मन्त्रालयको विजुली काटिँदासम्म अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको सिंहले बताए । ‘मन्त्रालयबाट अहिलेसम्म कुनै कमिटमेन्ट आएको छैन । महसुल नतिर्दासम्म लाइन जडान हुँदैन,’ उनले भने ।

उनका अनुसार केही समयअघिसम्म कास्कीका अधिकांश सरकारी कार्यालयले महसुल नतिरेको पाइएपछि बाध्य भएर लाइन काट्नु परेको हो । यसअवधिमा थुप्रै सरकारी कार्यालयले बक्यौता चुक्ता गरिसकेको सिंहले जानकारी दिए । उनले भने, ‘मन्त्रीका क्वार्टरहरुमा पनि लाइन काटेका थियौं । अहिले त सबैले तिरिसक्नुभयो ।’

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६