देश

पत्रकार केसीलाई रोटरी क्लबको ५५ हजार २ सय २७ सहयोग




कपिलवस्तु, १९ कात्तिक ।

ब्लड क्यान्सरबाट पीडित रहेका पत्रकार दीपक केसीलाई रोटरी क्लब कपिलवस्तुले आर्थिक सहयोग गरेको छ । क्लबको नियमित बैठकको अवसर पारेर क्लबका सदस्यहरूबाट सङ्कलित भएको रु ५५,२२७ रकम हस्तान्तरण गरिएको छ ।


भारतको दिल्ली अवस्थित राजिवगान्धी क्यान्सर अस्पतालमा उपचाररत केसीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको थियो ।

सामाजिक काममा निरन्तर रहेका केसीको उपचारको लागि क्लब परिवारबाट उक्त रकम प्रदान गरिएको अध्यक्ष विष्णुमाया आर्यालले बताउनुभयो ।


रोटरी क्लबका असिस्टेन्ट गभर्नर वासुदेव घिमिरेले उक्त रकमलाई उपचारमा सहजता हुने बताउनुभयो । क्लबले विश्वभर नै सामाजिक काम गर्ने भएकोले कपिलवस्तु गरेका कामहरू प्रति आफू सन्तुष्ट रहेको जिकिर गर्नुभयो ।


बैठकले भूकम्पबाट मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली,घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै देउसी भैलोको तयारी गर्ने,जाजरकोटमा रहेका भूकम्प पीडितलाई रहतकोलागि पहल गर्ने निर्णय गरिएको छ ।


बैठकमा पूर्व अध्यक्षहरू टोपलाल पोख्रेल,प्रकाश पौडेल,ज्ञानु पोख्रेल,विष्णु भट्टराई,राजकुमार क्षेत्री,तोयानाथ गैरे रोटर्याक्ट क्लवका अध्यक्ष माया बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६