अर्थ-वाणिज्य

किसानवाट २५ लाख ठगी गरेको अरोपमा पक्राउ परे माओवादी केन्द्रका सचिव




कैलाली १९ कार्तिक । कैलालीमा माओवादीका एक नेता २५ लाख बढि ठगीको आरोपमा पक्राउ परेका छन् ।माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहितलाई प्रहरीले ठुलो रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो । मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत रहेका दहितसहित अन्य दुई जनाले किसानबाट करिब २५ लाख ३७ हजार ठगी गरेको उजुरी पछि उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । दहित सहित अन्य २ जना विरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्पा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट दहित सहितका अन्य २ जनाले रकम उठाएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।दहित पक्राउ परे पनि अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार कैलाली जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६