बिजनेस

नगर शिक्षा समितीको निर्देशन बाणगंगा माविद्वारा उलंघन : ८ बर्ष देखि मनोमानि गर्दै आएका नि.प्र.अ.भण्डारीले दिए चुनौती




कपिलवस्तु २०कार्तिक। बाणगंगाको बाणगंगा उच्च मावि गजेहडाले बाणगंगा नगरपालिकाको शिक्षा समितीको कार्तिक १९ को बैठकको निर्णय र सोही अनुसारको लिखित निर्देशनलाई ठाडो रुपमा चुनौती दिदै विद्यालय ब्यवस्थापन समितीको नेतृत्व चयन गरेको छ । नगर मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको नगर शिक्षा समितीको बैठकले नगरको शिक्षा नियमावलीको दफा समेत उल्लेख गरेर कार्तिक १५ मा बसेको भनिएको विद्यालय ब्यवस्थापन समितीको बैठकको निर्णय बदर गरेको पत्र कार्तिक १९ मै विद्यालयलाई पठाएको थियो ।
१५ कार्तिकमा जेष्ठ सदस्य हरि पौडेलको अध्यक्षतमा बैठक बसेको भन्दै २० गते पुन बैठक बस्ने गरी पत्राचार गरेपछि नगर शिक्षा समिती बैठकले सो बैठक बदर भएको भन्दै अव आइन्दा नियमावली अनुसार नै बैठक ब्यवस्थापन गर्न निर्देशन दिइएको शिक्षा समितिका सदस्य सचिव खिम वाहादुर जिसीले वताउनु भयो । समितीले अव आइन्दा बैठक बस्दा नगरशिक्षा नियमावली २०७४को परिच्छेद ५ को विद्यालय ब्यवस्थापन समिती सम्वन्धि ब्यवस्था अन्तर्गत नियम २७ (१)को ३ मा विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष छनौट नभए सम्मका लागि वा अध्यक्षको अनुपस्थितीमा सम्वन्धित वडाध्यक्षको अध्यक्षतामा बैठकवसी निर्णय गर्ने प्रावधान कडाईका साथ लागु गर्न निर्देशन समेत दिइएको थियो ।
तर २० कार्तिकमा पुन सोही अबैध प्रकृतिको बैठक वसी कृष्ण कुवरलाई अध्यक्ष चयन गरेको निर्णय सार्वजनिक भएसंगै नगर शिक्षा समितीको लिखित निर्देशनलाई विद्यालयले ठाडो चुनौती दिएको पुष्टि भएको हो ।
बणगंगा नगरका शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले नगरको शिक्षा समितीको सर्बसहमत निर्णयलाई अवज्ञा गर्ने विद्यालयले कानुनी कठघारामा उभिएर कडा मूल्य चुकाउनु पर्ने वताउनु भयो । वडा नं ४ अध्यक्ष छवि रेष्मीले विद्यालयका निमित्ति प्र.अ. राम प्रसाद भण्डारीले नगर पालिका र नगर शिक्षा समितीको निर्णय र नगर शिक्षा नियमावलीको उलंघन गरेपछि कानुनी उपचार खोजीने वताउनु भयो । भण्डारी ८ वर्ष देखि निमित्त प्रअका रुपमा रहदै विभिन्न विवादास्पद काम गर्दै आएका छन् ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६