अर्थ-वाणिज्य

प्रशासकिय अधिकृत कुट्ने उपप्रमुख चौधरी विरुद्धको जाहेरी प्रहरीले ४ दिनपछि मात्र बुझ्यो




कपिलवस्तु २० कार्तिक । प्रमुख प्रशासकिय अधिकृत कुट्ने शुद्धोधन गाउपालिकाका उपमेयर होम प्रकास कुर्मी विरुद्धको जाहेरी प्रहरीले ४ दिनपछि मात्र बुझेको छ । प्रहरी उपरिक्षक नवरत्न पौडेलले भन्नु भयो पहिले पीडित पक्ष प्रमुख प्रशासकिय अधिकृत कृष्ण ज्ञवालीवाट निवेदन मात्र आएको थियो । हिजो राती मात्र जाहेरी आयो जाहेरी बुझेका छौं अध्ययन हुदैछ सरकारी वकिलको रायपछि दर्ता गरेर कानुनी कारवाही अघि वढाउछौं ।दर्ता नहुने भए जाहेरी नै लिइदैन भन्दै जाहेरी लिएकाले दर्ता हुन्छ तर अध्ययन हुदैछ भन्नु भयो । माओवादी केन्द्रवाट निर्वाचित उपमेयर भएकाले सरकारको दवावमा जाहेरी दर्ता नभएको हो की ? भन्ने प्रश्नमा अपराध भएपछि को सरकारी को गैरसरकारी ? भन्ने विभेद हुदैन भन्दै आफू मानव अधिकार र कानुनी शासनको पक्षमा जुनसुकै परिस्थितीमा पनि अडिग रहने वताउनु भयो ।

यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरी आचर्याले प्रहरीले जाहेरी दर्ता गर्नासाथ पक्राउ पूर्जी जारी हुने वताउदै कर्मचारी माथि कुटपीटको विषयलाई गंभिर रुपमा लिएको वताउनु भयो । उहाले आफ्ना विमति वा असन्तुष्टी जो कोहीले पोख्न सक्छ तर कुरो नमिल्दैन हात पात गर्ने छुट कसैलाई छैन भन्नु भयो । यता उप प्रमुख होम प्रकाश चौधरीले आफू कार्यलयको काममै रहेको वताउदै कमी कमजोरी समिक्षा गरेर छलफल गर्न आफू तयार रहेको तर कर्मचारीहरु कानुनी कारवाहीको अडानमा रहेको आफूले बुझेको भन्दै हेरौ कारवाही कुन प्रकारले अघि बढ्छ ? भन्ने प्रतिकृया दिनु भयो । यता शुद्धोधन गाउपालिकाका प्रमुख कमलेश शरण चौधरीले यो घटना अव छलफल र संवादवाट मिल्ने चरणमा नरहेको भन्दै कपिलवस्तु भरका प्रमुख प्रशासकिय अधिकृत र कर्मचरी आन्दोलित भएपछि कसरी छलफल हुने भन्दै कानुनले जे भन्छ त्यही गर्नु नै निकास हो भन्नु भयो ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६