कपिलवस्तु २० कर्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्ते सुद्धोधन गाउँपालिका उप प्रमुखमाथी सार्वजनिक मुद्दा दर्ता गरेको छ । गत मंसिर १६ गते गाउँपालिका उप प्रमुख होमप्रकाश चौधरीले प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथी गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाचौ दिनका दिन मुद्दा दर्ता गरेको हो ।सोमवार दिउसो ४ बजेतिर उपाध्यक्ष चौधरी बिरुद्ध मुलकी अपराधिक संहीता २०७४ को परिच्छेद ५ अन्र्गत सार्वजनिक हीत, स्वास्थ्य सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुरमा मुद्दा दर्ता भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिनु भयो ।
यदपी पक्राउ पुजी भने अझै जारी नभएको उहाले बताउनु भयो । सो मुद्दाको फाईल प्रशासन कार्यालयमा पेश गरिए पछि प्रजिअ शंकरहरि आचार्यले अनुमति दिए पछि बल्ल पक्राउ पुर्जी जारी हुने कानुनी प्रावधान छ ।उपाध्यलाई कारबाहीको माग गर्दे गाउपलिकार र ६ वटै वडाका कर्मचारीहरु ५ दिन देखि कार्यालय बन्द गरी बिरोधमा उत्रेका छन । यता प्रजिअ आचार्यले प्रहरीले फाइल पेश गर्दासाथ पक्राउपूर्जी जारी हुने भन्दै कार्यलय समय भित्र फाइल पेश नभएको वताउनु भयो ।प्रेसपाटीले कार्यलय भित्र कुटपीट हुदापनि मुद्धा दर्ता नभएको विषयमा लगातार समाचार प्रकासित गरेको थियो ।








प्रतिक्रिया