देउखुरी, ३० कात्तिक । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघियता सफल हुन प्रादेश्ीक संरचना सफल हुनुपर्ने भन्दै प्रदेश मातहत स्वास्थ्य क्षेत्र संघीयताको सफलतासंग जोडिएको बिषय भएको बताउनुभएको छ । आर्थिक बर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिने बताउनुभयो ।
उहाले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरका लागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाकालागि आएको समेत मास्कीले बताउनुभयो । साथै उहाले बजेट बिनियोजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेको छ । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा प्रदेश योजना आयोग उपाध्यक्ष डा. नहकुल केसी, जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी,स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
२० कार्तिक २०८०, सोमबार
प्रतिक्रिया