ब्रेकिंग न्युज

अन्तरपालिका विकासका साझा योजना आवश्यक : अधिकारी

जिससको सातौं वार्षिक समिक्षा



      


पार्वती पाण्डे
कपिलवस्तु २१ कात्तिक ।प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले अन्तरपालिका विकासका साझा योजना आवश्यक रहेको बताउनु भएको छ । जिल्ला समन्वय समितिको सातौं वार्षिक समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । देश सङ्घियतामा गएको धेरै समय नभएको भन्दै देश विकासको लागि अझै समय लाग्ने बताउनु भयो । हरेक ठाउँको विकासको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समिति अधिकारी भुमिराम पोख्रेलले जिल्ला समन्वय समिति कपिलवस्तुले आर्थिक वर्ष २०८९÷८० को आयव्यय प्रस्तुत तथा सम्पादित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । त्यस्तै स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्याङ्कनको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका १० पालिका मध्ये ९ पालिकाले आर्थिक वर्ष २०७९÷८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शुद्धोधन गाउँपालिकाले भने उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिचको आपसी विवादले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्न सकेन । तर पालिका प्रमुख कमलेस शरण चौधरीले भने पालिका भित्रको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिदिन सम्पुर्णमा आग्रह गर्नुभयो ।त्यस्तै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आफु पालिकाबाटै निर्वाचित भएर गएपनि पालिकाहरुले आफुहरुलाई बोलाएर पालिकाहरुको योजना र कार्यक्रमबो बारेमा छलफल नगरेको भन्दै गुनासो गर्नुभयो । प्रतिवेदनमा प्रस्तुत गरेका कयौँ कुराहरु कानुन संग जोडिएको भन्दै त्यस्ता विषयलाई आफुहरुले केन्द्रमा लैजनो बताउनु भयो । त्यस्तै उहाँले पालिकाहरुको प्रतिवेदनमा दिगो विकास सम्बन्धित विषयहरु नआएको भन्दै त्यस्ता विषयलाई समेटेर योजना र कार्यत्रमहरु ल्याउन पनि आग्रह गर्नुभयो । त्यस्तै उहाँले महिला तथा लक्षित वर्गलाई समेटेर योजना तथा कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभएको थियो ।
त्यस्तै प्रदेश सांसद अर्जुन केसीले स्थानीयको खुशी र सन्तुष्टिको लागि भौतिक विकास भन्दा पनि सामाजिक, सांस्कृतिक विकास गर्नुपर्ने बताउनु भएको छ । तिन तहको सरकार मध्ये स्थानिय तहले विकासको अवरोधमा निर्मम भएर काम गर्न आवश्यक रहेको बताउनु भयो । साथै उहाँले रोजगारी सिर्जना गर्नको लागि पर्यटन लाई आय आर्जन सँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य नवराज लामछानेले पुर्वाधार बनाएर मात्र विकास नहुने भन्दै नेपाल कृषि प्रधान देश भएकाले जल, जंगल र जमिनको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै पालिकाहरुको विकासको लागि प्रदेश बाट हुने सहयागमा आफु सधै तयार रहेको बताउनु भएको थियो ।
यता पालिकाहरुको प्रतिनिधित्व गर्दै बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जिल्लाकाृे समग्र विकासको लगि १० वटै पालिकाहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो ।कार्यक्रम जिल्ला समन्व्य समितिका प्रमुख बाबुराम आचर्यको अध्यक्षता, समन्व्य समिति उपाध्यक्ष रमेश कुर्मिको स्वागत तथा समन्व्य अधिकारी भुमिराम पोख्रेलको सञ्चालनमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा दश स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६