अर्थ-वाणिज्य

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुने




रूपन्देही २१ कार्तिक् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ ।कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले लुम्बिनी प्रदेशको प्रथम सम्मेलन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १२ जिल्लाको सम्मेलन मंसिर १० गतेभित्र अनिवार्य गर्नुपर्नेछ ।बुटवलमा प्रदेश सम्मेलनलाई गर्न कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको संयोजकत्वमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला र क्षेत्रीय सभापति एवं भ्रातृ तथा शुभेच्छुक प्रदेश र सल्लाहकार गरी २ सय ५ सदस्यीय प्रदेश सम्मेलन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको सहमहामन्त्री नीमा गिरीले बताइन् ।
जसमा उपसभापति भुवनप्रसाद श्रेष्ठको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, महामन्त्री विक्रम खनालको संयोजकत्वमा सांगठानिक प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति गठन गर्ने निर्णय गरेको छ ।सम्मेलनले लुम्बिनी प्रदेशको आर्थिक नीति निर्धारण तथा सम्भाव्यता अध्ययन गर्नका लागि पोलिसी हृयाकाथन कार्यक्रम सहमहामन्त्री निमा गिरीको संयोजकत्वमा सञ्चालन गर्ने निर्णय गरेको छ ।बैठकले जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गर्न ‘भूकम्पपीडित राहत पुनःस्थापना कोष(२०८०’ स्थापना गरी आर्थिक संकलन गर्ने निर्णय गरेको सहमहामन्त्री विष्णुप्रसाद खनालले बताए । कोषमा रकम जम्मा गरेर उपलब्ध गराइने उनले बताए ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६